काठमाण्डौं १३ माघ । भेरी नगरपालिका–१ स्थित रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजी रूपमा ‘सम्पन्न’ भएको पाँच महिना पुग्यो। काम भने अधुरै छ।२५ लाख रुपैयाँ खर्चिएको यो आयोजना अलपत्र छ।तर, निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ।
सोलारका पाता अलपत्र र तोडफोड गरिएका छन्।पाइप अपुग छ।५ सय मिटर अनुमान गरिए पनि कार्यालयले तीन सय मिटर मात्रै दिएको छ।सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो।सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैंले खरिद गरेको थियो।
भेरी–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ।१५ लाख लागतको आयोजनाको पाइप र सोलार पाता यत्रतत्र छरिएका छन्।सोलार सिस्टम चल्दैन।यसका लागि पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले नै खरिद गरेको थियो।तर, स्टिमेटअनुसार पाइप पाएन।जसकारण हालसम्म नदीदेखि पोखरीसम्म पानी पुगेको छैन।
भेरी–१२ को बिस्नेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ।१० लाख लागतको आयोजनाले न स्टिमेटअनुसार पाइप पाएको छ न त पाइप र सोलारको संरक्षण नै गरिएको छ । ५ सय ८० मिटर पाइप स्टिमेट गरिएकामा ३ सय मिटर मात्र आएको छ।
यसको पोखरीसमेत बनाइएको छैन।सोही क्षेत्रमा यसअघि निर्माण गरिएको डिप बोरिङको पोखरीमा पानी जम्मा गर्ने भनिएको थियो। तर, नदीबाट पोखरीसम्म पुग्ने पाइप आयोजनाले पाएको छैन।
सोलार सिस्टम पनि चल्दैन।खानेपानीसमेत सुविधा नभएको त्यहाँका २५ घरधुरी स्थानीयले नदीबाट पानी बोकेर पिउन बाध्य छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend