सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं १२ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। आम निर्वाचनपछि पहिलो पटक बसेको बैठकमा निर्वाचनको समीक्षा, गठबन्धन सरकारले गरिरहेका काम तथा विभिन्न पार्टीसँग गर्न लागिएको एकताका विषयमा छलफल गर्ने तयारी छ।

यस्तै पार्टीको संगठनात्मक गतिविधिलगायत समसामयिक विषयमा छलफल गर्ने तयारी रहेको पार्टी सचिवसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

गत निर्वाचनमा संघीय संसदको तेस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्दै सरकारको नेतृत्व गरिरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend