काठमाडौँ १२ माघ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको छ ।
बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ। बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend