सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाण्डौं १० माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, गत वर्ष छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८०० कायम छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend