काठमाडौ ९ माघ । युवा पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिएको छ । हालै आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा पत्रकार चापागाईंलाई नगद दश हजार रुपैयाँ राशिसहित कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा वलीले उक्त सम्मान प्रदान गरेका हुन् ।
एक दशकदेखि पत्रकारितामा सक्रिय चापागाईं कला पत्रकारितामा कलम चलाउने गर्छन् । गृह जिल्ला नवलपरासी पस्र्वबाट पत्रकारिता थालेका चापागाईं पछिल्लो समय काठमाडौंमा रहेर नेपाली कला, भाषा, संस्कृति, फिल्म, गीत,संगीतको विषयमा समाचार लेखनसँगै भिडियो अन्तर्वार्तामा सक्रिय छन् । उनी अहिले हिमालय टाइम्स दैनिक तथा आर्टिष्ट खबर डटकममा आबद्ध छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend