सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शिक्षा र विकास एकै सिक्काका दुई पाटा

शिक्षा र विकास एकै सिक्काका दुई पाटा

भक्त बहादुर केसी

नेपालमा सत्तारूढ राजनीतिक दलका वरिष्ठ नेताहरु र व्यक्तिहरू नै ऐन र कानुन मान्दैनन् अर्को नेपालका राउटे समूदायले पनि नेपालको कानून मान्दैनन् । उनीहरु फिरन्ते जाती भएका कारण उनीहरु जंगलमै रमाउछन तर नेपाल दक्षिण एसियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश भएको एक अध्ययनले देखाएको छ भनिन्छ ।सरकार कुनै कानुन आवश्यक परे अध्यादेश ल्याउने मनस्थितिमा देखिन्छ । देशको कानुन मान्दैनन्, कानुन आफ्नो अनुकुल बनाउने ब्यबस्था मिलाइञ्छ । नेताले जे गरे नि हुन्छ जब अन्याय गर्न कानुन बन्छ, आन्दोलन गर्नु पर्ने हो ? भएको नियम कानुन पनि मान्दैनन्, सम्बिधान पनि मान्दैनन्, देख्नमा आएकै छ । नेताहरू विधि, विधान, कानुन र संविधान मान्दैनन्। लोक तन्त्र बहुदलीय व्यवस्थाको ब्याख्या हुदैन । नागरिकले उजुरी दिन मान्दैनन्। नेताहरू मिल भन्छन्, कार्यकर्ता मान्दैनन् उसलाई नेताको सुरक्षा हुन्छ भनेको हुन्छ, बुज्दा भन्दा सुरक्षा गरेको छु भनिन्छ । अपराधी संकलन गरिनुलाई अस्वाभाविक मान्दैनन्। अन्यथा मान्दैनन् ।कर्मचारी संघ संगठनका नेताले समेत गुनासो लिएर सक्रियता देखाएका छैनन् ।अनुशासन र मर्यादा समेत मान्दैनन् ।मुलुकका नेताहरू डर मान्दैनन् । एकतर्फी दलिल अर्थहीन भएको तथ्य लुकाउन लाज मान्दैनन् ।बानि छोड्नै मान्दैनन् । युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो। देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। मातृभूमिमा बसेर प्रगति होला भनेर आजकल युवाले पत्याउन मान्दैनन् ।युवा राजनीतिमा , आर्थिक, सामाजिक रुपमा युवा अगाडी आउन चाहदैनन् किन नेपाल बस्न मान्दैनन रु पढ्ने बहानामा स्टुडेन्ट भिसामा होस् वा रोजगारीका लागि होस्, हरेक दिन नेपाली विदेश जादैछन । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो। “युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना सुखी नेपाली र समृद्ध नेपालको अभियानमा युवा क्याडरहरूको आवश्यक छ । सुखी नेपाली विकासको एक दीर्घकालीन लक्ष्य हो । समृद्धि र सुखीको लक्ष्य हासिल गर्न कुनै पनि देश हरेक कोणवाट सवल र समृद्व वन्नको लागि युवाको भुमिका प्रमुख हुन्छ । आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा समेत युवाहरुको सहभागीता, युवा समावेशीकरण , सहकार्य र नेतृत्व विकास दूरदर्शी र क्षमतावान युवा परिचालन नेतृत्व क्षमता विकास युवा स्वयं संलग्न र क्रियाशील भई विकासमा लाग्न आवश्यक छ । युवा नै मुलुक परिवर्तनका अगुवा र समाजलाइ असल नेतृत्व दिने मार्गदर्शक हुनेछन ।नेपालमा युवा उद्यमशीलता र रोजगारी वर्तमान समयमा युवा शक्तिलाई उद्यमशीलतामा परिणत गर्न सके देशको आर्थिक समृद्धि हुनेछ । युवालाई नेतृत्व गर्न सक्षम, उद्यमी बनाउनै पर्छ ।युवा शक्ति विना कुनै पनि सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरण संभव छैन । प्रदेशका युवा स्वरोजगार सम्भावना समृद्धि युवा स्वरोजगारको लागी सम्भावनाको अनुसन्धान हुनुपर्छ । साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त स्वरोजगार सम्भावना रोजगारीको अवसरहरुको खोजि हुनु पर्यो । विभिन्न देशहरूमा यस्ता व्यक्तिहरूलाई सरकारद्वारा सस्तो दरमा ऋण समेत दिइने गरिन्छ । बिकासका आधारमा शिक्षा र आर्थिक विकासको अन्तरसम्बन्ध छ । शिक्षा मानवको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासका लागि अत्यावश्यक हुन्छ । शिक्षा र विकास एकै सिक्काका दुई पाटाझैं हुन् । हामीले दिने गरेको शिक्षा व्यावहारिक प्राविधिक अध्ययनले सक्षम जनशक्ति उत्पादन हुन्छन । शीपयुक्त र व्यावहारिक शिक्षाको विकास भयो भने मात्र देश विकासको गतिमा तीव्रता आउँछ ।जीवन निर्वाहका लागि आवश्यक ज्ञान, सीप, अभिवृत्ति तथा समालोचनात्मक चेत विकास गर्न सघाउने छ । शिक्षा व्यक्तिगत र सामाजिक विभेदमा समानता ल्याउने प्रभावकारी साधन हो । शिक्षाले चेतना र सक्षमता विकास गर्ने भएकोले सांस्कृतिक रुपान्तरण र परिवर्तनमा समेत अगाडी बढ्नेछ । नागरिक शिक्षा मानवको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासका लागि अत्यावश्यक हुन्छ ।नेपालको राजनीतिक, आर्थिक, सामाजिक एवं साँस्कृतीक रुपान्तरणमा महिलाहरुको भूमिका उच्च छ । स्वार्थी नेताले महिला युवा परिचालन गर्न जानेनन विकास गर्दै राष्ट्रनिर्माणमा उनीहरुको परिचालन गर्न र नमूना अभ्यासका माध्यमबाट युवा परिचालन, सहभागिता देखिदैन । महिलालाई शब्दजालमा अल्झाए स्वार्थी नेताहरू देशको लागि जति घातक हुन्छन त्यो भन्दा बढी घातक झोले छन् । स्वार्थी नेताले देश बनाउन सक्दैनन नेताहरू देश, जनता, विचार र सिद्घान्तका निम्ति बलिदानी गर्न सदा तत्पर हुनुपर्ने हो। तर उल्टै छ काम नलाग्ने, कुरा नबुझ्ने, देशको नियम कानुन नमान्ने स्वार्थी, अटेरी, मूर्ख, भ्रष्टाचारी, नातावादी क्रिपावादी मात्र छन् । अत्यन्तै स्वार्थी समूहमा राजनीति सीमित छ ।अकर्मण्य राजनीतिक नेतृत्व, स्वार्थी वरिष्ठ नेताहरुको लाम छ । हरेकजसो दलका शीर्ष नेताहरूले महिलालाई राजनीतिमा अगाडि ल्याउनुपर्छ भनेर भाषण गरिरहे नेपालका शासक दलका स्वार्थी र अवसरवादी पन स्थापित गरेका छन् र नेताले बाँडीचुँडी खानुलाई सफलता मानेको देखिन्छ । नेताहरू स्वार्थी हुँदा कार्यकर्ता समेत ले अनुकरण गरेको पाइन्छ ।

आजको राजनीतिमा स्वार्थी, कुचर्की र षड्यन्त्रकारीहरूको मात्र आवाज हुन्छ ।लाग्छ, आजको युग स्वार्थी युग हो। आजको स्वार्थी दुनियामा सेवाभाव भएका मानिस जन्मनु पर्छ । संवेदनहीनता र स्वार्थी प्रवृत्तिमाथि चोटिलो ढंगले मार्तोल हान्न सक्षम व्यक्तिको उदय हुनुपर्छ ।किसान, मजदुर, विद्यार्थी, महिला, जातीय समूहहरू, जाग्नु पर्छ ।सासक स्वार्थी बन्यो र नेताले कुर्ची पायो मुलुकमा स्वार्थी तत्वहरुले गर्दा विभिन्न कारणवश निर्दोष व्यक्तिले कस्ट भोगेका छन् । राजनीतिक नेताले मात्रै विचार गरेको भए आज नेपाल विकसित देश तर्फ उन्मुख हुने थियो । तर, २०४६ सालपछिको खुला परिवेश र अवसर आएलगत्तै नेतृत्वमा पुरुष नेताले एकलौटी राज गरे नेपालका राजनीतिक नेतृत्व स्वार्थी हुँदा देशको अवस्था फेरिन नसकेको विशेषज्ञहरुको भनाइ छ ।हामी हिजो जस्तो क्रान्तिकारी छैनौं, स्वार्थी भएका छौं आफै भन्छन । काम नलाग्ने, कुरा नबुझ्ने, नियम कानुन नमान्ने स्वार्थी, अटेरी, मूर्ख, भ्रष्टाचारी, नातावादी, कृपावादी, दलालहरुको राज्यमा हाली मुहाली छ भन्ने चर्चा को बिषय भएको छ । जनता सचेत नभएकाले धुर्त र स्वार्थी मानिस सजिलै नेता बनेका छन् स्वार्थी नेताहरू देशको लागि जति घातक हुन्छन । निहित स्वार्थी नेताले कैलै माखो मार्दैन जुन जोगी आए पनि कानै चिरिएका भेटिएका छन् । बिज्ञ भन्छन तिमीहरु स्वार्थी छौ, नेताको लायक छैनौं ।
आजको देश नेपाल नेपाली जनताको समस्या नेपाली जनताको सात दशकदेखिको संघर्ष जनताको अपेक्षा, राष्ट्रिय आत्मनिर्भरताको जस्तो अनुशासित संसारमा कोही छैन जनताका गुनासो, समस्या सुन्छु भन्छन चुनाब जित्छन समस्या समाधान गर्न सरकार प्रतिबद्ध देखिदैन ।आजको नेपाली राजनीतिको समस्या हो यो। खोज्ने दायित्व नेपाली जनताको हो ।नेपाली जनता नागरीक बन्न नसक्दा मुलुक समस्यामा रुमल्लिएको छ । जनताले नागरीकको भुमिका निभाउन नसकेका कारण राजनीतिक दलको अराजकता बढेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend