सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ ९ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ८०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ थियो ।

गत साताको शुक्रबारको तुलनामा घटेको सुनको मूल्य फेरी उकालो लागेको हो । यसअघि गत वर्ष सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाएको थियो । उक्त मितिमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँ कायम भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend