भक्त केसी
सुशासन जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शीता, नागरिक अधिकारको प्रत्याभूति शान्ति सुव्यवस्था, सामाजिक प्रगति, सामाजिक एकीकरण नै सुशासन हो ।भ्रष्टाचारका कारण भ्रष्टाचार विरोधी आवाज आजको विश्वमा सुशासनको महत्व र उपादेयतालाई सामाजिक, आर्थिक, राजनैतिक, नैतिक र व्यवस्थापकीय दृष्टिकोणले मूल्याकंन गर्न सकिन्छ । कानुनी राज्यको पालना र विधिको शासनको स्थापना गर्न, पारदार्शीता र जवाफदेहिताको प्रवद्र्धन गर्ने भ्रष्टाचार र अनुशासनहिनताको रोकथाम र नियन्त्रणलाई प्रभावकारी तुल्याउन, मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्न, सार्वजनिक सेवा माथि नागरिक अधिकारको सुनिश्चितता हासिल गर्न, जनसहभागिता प्रवद्र्धन गर्न, जनमुखि र सक्षम प्रशासनयन्त्रको स्थापना गर्न, नागरिक समाजको विकास र सहकार्य परिचालन गर्न लगायतका बिशेषताहरु सुशासनमा हुनु पर्दछ ।सुशासन नभएमा कुनै पनि मुलुकको सकारात्मक परिवर्तन गर्न प्राय असम्भव नै हुन्छ किनकी सुशासन नभएमा मुलुकमा सामाजिक द्वन्द्व र अराजकता बढ्न सक्छ । त्यसैगरि सुशासन नहुदा सामाजिक तथा आर्थिक न्यायको उपहास हुन्छ ।
जिन्दगीमा एकता रूपमा सुशासन उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।
प्रत्येक राज्य पक्षले भ्रष्टाचार रोक्न र त्यस विरुद्ध लड्न आफ्ना सम्बद्ध कानूनी जब भ्रष्टाचारको नियन्त्रण हुन्छ तब मात्र सुशासन कायम गर्न सकिन्छ । सुशासन भनेको असल शासन र कुशल प्रशासन , सुशासन शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो ।, चाहे व्यक्ति किसान होस्, चाहे कुनै अधिकृत, इन्जिनियर, शिक्षक, नेता, मन्त्री, डाक्टर, पत्रकार, उद्योगी, व्यपारी जो जति आफ्नो स्वार्थको निम्ती पदको दुरूपयोग गर्दछन्, चाहे घुस लिने होस् चाहे घुस दिने दुवैले भ्रष्टाचार गरेको हो । जब भ्रष्टाचारको नियन्त्रण हुन्छ तब मात्र सुशासन कायम गर्न सकिन्छ । सुशासन भनेको स्वस्थ, निश्पक्ष पारदर्शी रूपमा, आफ्नो जिम्मेवारीमा निहित रही, निश्वार्थका साथ, पारदर्शी रूपमा, नियम र कानुनको पालना गरी जनस्तरमा समान रूपले गरिने असल शासन व्यवस्था हो ।
मानिसले भ्रष्टाचार गर्नुका पछाडि मुख्यरुपमा दुईवटा कारणरु जिम्मेवार रहेका हुन्छन् । पहिलो कारण हो आन्तरिक र दोस्रो कारण हो बाह्य । आन्तरिक कारणमा पनि सबैभन्दा प्रमुख कारण भनेको मानिसको मनभित्र अन्तर्निहित प्रलोभनको भावना हो । मानिसको मनभित्र अन्तर्निहित प्रलोभनको ज्वाला बढ्दै गयो भने त्यसले मानिसमा अन्तर्निहित नैतिक बललाई कमजोर पार्दै लैजान्छ । नैतिक बल कमजोर हु‘दै गयो भने मानिसले प्रलोभनको भावनालाई नियन्त्रण गर्न सक्दैन । परिणामस्वरुप त्यो मानिस भ्रष्टिकरणको दिशामा अग्रसर हु‘दै जान्छ र उसले आफ्नो इज्जत, आफ्नो छोराछोरीको इज्जत, नातेदारहरुको इज्जत र अन्ततोगत्वा आफ्नो मातृभूमिको इज्जतको समेत सम्मान र श्रद्धाको मूल्यबारे उदासिन बन्न पुग्छ । यस्तो किन हुन्छ भने ऊभित्रको मानिस मरिसकेको हुन्छ ।
भ्रष्टाचारको दोस्रो कारण भनेको बाह्य कारण हो बाह्य कारणमा पनि सबै भन्दा प्रमुख कारण भनेको दण्डहीनता हो । दण्डहीनताले मानिसमा अन्तर्निहित प्रलोभनको भावनालाई सशक्त पार्न मद्दत गर्दछ । प्रलोभनको भावना सशक्त हु‘दै गएमा स्वाभाविकरुपमा मानिसमा अन्तर्निहित नैतिक बल अशक्त हु‘दै जान्छ र मानिस भ्रष्टाचारतिर प्रबृत्त हुन थाल्छ । दण्डहीनताको सवाल मुलुकको राजनीतिक स्थितिस‘ग जोडिएको हुन्छ । मुकुकको राजनीतिक स्थिति स्थिर प्रकारको छ भने त्यहॉ दण्डहीनताले प्रश्रय पाउदैन । तर मुलुकको राजनीतिक स्थिति अस्थिर प्रकारको छ भने त्यहॉ दण्डहीनताले प्रश्रय पाउछ । भ्रष्टाचारीहरुलाई दण्ड दिने बैध निकाय भनेको सरकार हो । कुनै पनि मुलुकमा दुई प्रकारका सरकारहरु रहेका हुन्छन् । एउटा हो स्थायी सरकार र अर्को हो आवधिक सरकार । कर्मचारीतन्त्रलाई स्थायी सरकार भन्ने गरिन्छ ।
हामीले कहिँकतै भ्रष्टाचार भएमा खबरदारी गर्नुपर्छ । हामीले कतिपय क्षेत्रमा हुने, भ्रष्टाचारहरू थाहा हुँदा पनि खबरदारी गरेका छैनौं जुन हाम्रो ठूलो गल्ती हो, हाम्रो सानो कमी कमजोरीले देशको समृद्धिमा ठूलो चुनौती आइपरेको छ । जनस्तरमा नै भ्रष्टाचार भइरहेको छ ।स्थानीय वार्डदेखि, गाउँपलिका र नगरपालिका, प्रदेश तथा केन्द्रीयस्तरका विभिन्न विकास योजनाका कार्य, सरकारी कार्यलय, गैरसरकारी संघ–संस्थामा भ्रष्टाचार हुने गरेको छ । गाउँ–गाउँमा सिंहदरवार आयो भन्दा पनि भ्रष्टाचार गर्ने दरबार आए जस्तो देखिन्छ । जन्मदर्ता, नामसारी जस्ता प्रमाण–पत्र बनाउँदा, जग्गा पास तथा किनबेचमा मालपोत कार्यलयमा, कर कर्जाको क्षेत्रमा, निजामती कर्मचारी परीक्षा नियुक्ति, बढुवा–सरुवामा, इन्जिनियर क्षेत्रका भौतिकतर्फ बृहत योजना, बिद्युत, खानेपानी, यातायात, सडक जस्ता योजनामा, कानुनी क्षेत्रमा न्यायिक क्षेत्रमा नि भ्रष्टाचार व्यापक हुन्छ, न्याय तथा सजाय दिने कुरामा, सुरक्षाकर्मी, सेना, प्रहरी, न्यायाधीश, वकिलको नियुक्ति इत्यादि थुप्रै क्षेत्रमा भ्रष्टाचार भइरहेको छ ।सर्वप्रथम सरकारभित्र र संवैधानिक क्षेत्र भित्रै हुने भ्रष्टाचारको अन्त्य हुनुपर्छ ।हरेक क्षेत्रमा कमजोर व्यक्तिहरू रहँदा उनीहरूको ठूलो गल्तीले समृद्ध मुलुक निर्माणमा धक्का लागेको छ । राजनीतिक दलका कार्यकर्ताले आफ्ना नेताले गरेका जे सुकै कार्य राम्रो नै ठान्नु , गलत गर्दा पनि सम्मान गर्ने प्रवृत्तिले भ्रष्टाचारलाई हौसला दिईरहेको छ । हुनु नपर्ने भैरहछ । नेपालमा भ्रष्टाचार विरुद्ध धेरै पहिलेदेखि नै आवश्यक कदम चालिंदै आएको छ ।तर खराब अवस्था पुगी सक्दा पनि कसैले वास्ता गरेको पाइदैन ।
कसैलाई थाहा छैन जस्तो अभिनय गरिन्छ । भ्रष्टाचार विरुद्धका अभियन्ताहरु, नागरिक समाजका अगुवा तथा प्रतिनिधि, स्वयं सेवक, सञ्चारकर्मी, बिद्यार्थी, शिक्षक लगायतले भ्रष्टाचार र नकारात्मक मनोवृत्ति विरुद्ध आवाज उठाउनै पर्छ । खराव आचरण, खराव व्यवहार, खराव कार्यशैली, साधनस्रोतको दुरुपयोग भ्रष्टाचार हो । हामी सबै खराब गतिविधिहरूका बिरुद्द मा लग्नु पर्छ ।आजको विश्वमा सुशासनको महत्व र उपादेयतालाई सामाजिक, आर्थिक, राजनैतिक, नैतिक र साहस, त्याग एवं बलिदान, सेवा, माया, ममता आदि द्वारा सुशासनको प्रत्याभूति र सामाजिक न्यायको व्यवस्था स्थानीय लोकतन्त्रमा हुन सक्दछ ।यसमा ध्यान केन्द्रित गर्नुपर्छ । सबैले आफुलाई भ्रष्टाचार विरोधी अभियानमा संलग्न गराउने, शुन्य भ्रष्टाचारमा वृद्धि गर्ने, भ्रष्टाचार वन्द अयिानलाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्दै भ्रष्टाचार रोकथाम र सुशासन कायम गर्नका लागी सार्वजनिक जवाफदेहिता बहन गर्ने निकाय लगायत हामी सबैले आ आफ्नो ठाउँबाट जिम्मेवार र जवाफदेहितापुर्ण ब्यवहार प्रदर्शन गर्न जरुरी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend