सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देश र जनताले पाउने के त ?

देश र जनताले पाउने के त ?

बिष्णु प्रसाद शर्मा,

धेरै समय निर्वाचनमै समय र अर्थ सकिन्छ । हर क्षेत्र हर तह र तप्कामा निर्वाचन हुन्छ । जनताले भोट दिन्छन् अनि जनता तिनै निर्वाचित जनप्रतिनिधिबाट अपहेलित हँुदै आएको यथार्थ कसैवाट छिपेको छैन । राष्ट्रको सम्पत्ति सकिन्छ ।जनप्रतिनिधिहरु धनाढ्य र चुरीफुरीको सिमा भन्दा धेरै माथि हुन्छन् । देश र जनताले पाउने के त ?
करिव तिन सय बर्ष अघि देखि नेपाललाई गिद्धे दृष्टिले हेदै आएका पश्चिमा फिरंगी बैरीहरुले छिमेकी मुलुक भारत र नेपालका दलीयतामा रमाउनेहरुवाट बि.स.२०४६ सालको परिवर्तनलाई हतियार बनाई आ आफनो स्वार्थ पुरा गरेका छन र गरिरहेका छन । यो ब्यवस्थावाट जनतालाई के फाइदा भयो ? ब्यवस्था परिवर्तन भयो तर देश र जनताको अबस्था परिवर्तन हुन सकेन् । के दलहरु सफल भएका हुन ? होइन, देश र जनताको भबिश्य बनाउन दलहरु असफल भएका छन । नेताहरुका आफना आसेपासे बाहेक अरु कसैले परिवर्तनको स्वाद चाख्न पाएका छैनन् । कुरा मात्र गरेर हुदैन, जनता परिणाम खोजिरहेका छन । नेताहरुका भाषण र थोत्रा कुरा जनताले लामो समय देखि सुन्दै आएका छन । यसरी मुलुक बन्दैन् । मुलुक बनाउन नेतामा इमान्दारीता चाहिन्छ । राजनीतिक दल र तिनका नेताहरुमा खै इमान्दारीता ? सबै स्वार्थको राजनीति गरिरहेका छन । जनतालाई सधै मुर्ख बनाइरहेका छन । लामो समय देखि दलहरु पश्चिमाहरुको इसरामा चल्दै आएका छन । सबै भन्दा देशका लागी यो हो समस्या । दलीय राजनीति यसरी नै लामो समय सम्म नेपालमा रहि रहने वा चलिरहने हो भने सबै अबस्था ध्वस्त भएर नै सकिने छ । सरकारी अर्धसरकारी र गैर सरकारी निकायहरुमा भ्रष्टाचार गराउने, कार्यरत संलग्न ब्यक्तिहरुलाई भडकाउने, दलीयता मात्रै ठिक र अरु सबै बेठिक हो भन्ने भ्रमपूर्ण भ्रामक प्रचार गराउने सबै बिदेशी तत्वहरु हुन र यसमा उनीहरुले अथाह लगानी गरिराखेका छन । नेपाली जनताले यो अझै बुझेका छैनन् । माकुराले गुण बनाउन जालो फिंजाए झै यिनीहरुले सबै क्षेत्रहरुमा जालो फिंजाए र छिरिसकेको अबस्था छ । जनता बोल्दैनन् , पत्रकार लेख्दैनन् , दलीय राजनीतिमा लिप्तहरु ढाँडीएर बसेका छन । अहिलेको यो बेला भनेको जनता चनाखो हुनु पर्ने बेला हो । राजनीतिक दलहरु सत्ता स्वार्थका लागी मिल्छन् र सरकारमा जान्छन् यो देश र जनताको लागी होइन, आफनै स्वार्थका लागी हो । स्वार्थ पुरा नहुने देखे फुट्छन र एक अर्कालाई तथानाम तल्लो स्तरमा उत्रिएर गाली गलोज गर्न समेत पछि हटदैनन् । यस्तो पनि राजनीति हुन्छ ? राजनीतिलाई बदनाम गराउने राजनीतिक दल र तिनका नेताहरु नै हुन । राजनीतिको नाममा अकुत सम्पत्ति कमाउने नेताहरु यहा धेरै छन । यिनीहरुको सम्पत्ति छानविन हुनु पर्छ भन्ने जनताको माग छ । देशलाई लुटेर कंगाल बनाउनेहरुलाई अब जनताले छोडनु हुदैन । जनता सधै चुप लागेर बस्ने हो भने देश बन्दैन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend