काठमाडौँ ६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सदस्यदीय दलको शुक्रबार बसेको बैठकले राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भएपनि अन्तिम समयमा आएर पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend