काठमाडौं ५ माघ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ नभएकोमा गुनासो पोखेका छन । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्योल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।
बैठकपछि कांग्रेस सांसद खतिवडाले भने, ‘सभामुखबाट रुलिङ हुनुपर्थ्यो । त्यो भएन । प्रधानमन्त्री र गृहमन्त्री बस्ने संसद्मा आरोपी सांसद बस्ने गरेको रेकर्ड छन् । तर गृहमन्त्रीले पक्राउ गर्न आदेश दिएको कुरा सुन्थ्यो । आफ्नो अगाडि भएकालाई आदेश नदिएर पछाडि भएकालाई आदेश दिने ?
अदालतको फैसलाको कार्यान्वयनको कुरा आफूले उठाएको भन्दै व्यक्तिगत कसैसँग रिसिबी नरहेको उनले बताए । संसद्मा गृहमन्त्री रवि लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।
‘विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ,’ उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend