काठमाडौं ५ माघ । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आगामी चैत २७ देखि २९ गतेसम्म हुने भएको छ । लुम्बिनी प्रदेशको बाँकेमा नवौं राष्ट्रिय महाधिवेशन आयोजना हुने भएको हो ।
संघको केन्द्रीय पदाधिकारीको पूर्ण बैठकले यस्तो निर्णय गरेको अध्यक्ष किरण पौडेलद्वारा जारी विशेष सर्कुलरमा उल्लेख छ । बैठकले अध्यक्ष पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन गरेको छ ।
त्यस्तै, बैठकले यही माग २९ र २० गते मकवानपुरको हेटौँडामा संघको केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको हो । बैठकले संघको नीतिनियम विपरीत कार्य गर्ने सदस्यहरुलाई निष्काशित गर्ने पनि निर्णय गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend