काठमाडौं ५ माघ। बिहीबार सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई हराउँदै उनी सभामुखमा निर्वाचित भएका हुन् । बिहीबार सभामुख चयन भएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आगामी प्रतिनिधिसभाको बैठक माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने संसदका ज्येष्ठ नागरिक पशुपतिशम्शेर जबराले जानकारी दिए । साथै, उक्त बैठकमा उपसभामुख चयन गरिने पनि उनले बताए।
घिमिरेको पक्षमा देवराज घिमिरेको पक्षमा १६७, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत खसेको थियो । संसद्मा २६८ सांसद उपस्थित रहेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend