सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

राप्रपाले मन्त्रीहरुको नाम लगायो टुंगो ! राप्रपाबाट को-को बन्दैछन् मन्त्री ?

राप्रपाले मन्त्रीहरुको नाम लगायो टुंगो ! राप्रपाबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीबाट बन्ने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएका थिए।

राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने सहमति भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा तथा सिंचाई मन्त्री हुने भएका छन्।

शहरी विकास मन्त्री ध्रुबबहादुर प्रधान बन्ने भएका छन्। त्यस्तै, शहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले दाबी गरेको छ। युवा तथा खेलकुदमा विक्रम पाण्डे र धवलशम्शेर राणामध्ये एकजना पठाउने तयारी रहेको राप्रपाका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend