सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

लोसपा पनि सरकारमा जान तयार, दुई शीर्ष नेता मन्त्रीको दाबेदार

लोसपा पनि सरकारमा जान तयार, दुई शीर्ष नेता मन्त्रीको दाबेदार

फाइल तस्विर

काठमाडौं २ माघ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जान तयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।
लोसपाबाट चार सांसदमध्ये अध्यक्ष महन्थ ठाकुरले मन्त्रीमा दाबी गरेका छैैनन् भने रामप्रकाश चौधरी पहिलो पटक निर्वाचित भएकाले उनको पनि दाबी छैन । शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल मन्त्रीको दाबेदार छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend