तानसेन ३० पुष । सभामुख र राष्ट्रपतिमा नेपाली कांग्रेसको दावी रहने नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य अव्दुल सतारले बताएका छन्। लोकतन्त्र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली कांग्रेसले सभामुख र राष्ट्रपतिमा दावी गरेको उनले बताए।
नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । केन्द्रीय सदस्य सतारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट पुनस् प्रतिगमनको खतरा बढेको, संसद विघटन वा म्ध्यावधि निर्वाचनको खतराको संकेत गरेपछि नेपाली कांग्रेसले लोकतन्त्र प्रजातन्त्र बचाउन माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको बताए।
माओवादी सरकारलाई विश्वासको मत दिए पनि पाटी सरकारमा सहभागी नहुने र प्रतिपक्षमै रहने केन्द्रीय सदस्य सतारले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend