बुटवल २८ पुस । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीवार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
बुधवार मुख्यमन्त्री नियुक्त भएका गिरीलाई दिउँसो १ बजे शपथ गराउने कार्यतालिका छ । गिरीले शपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । पहिलो चरणमा मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरासहित एमालेका चेतनारायण आचार्यलाई मन्त्री बनाएर ३ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका एमाले नेता तथा सांसद भोजप्रसाद श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री गिरी १४ वटा मन्त्रालयलाई घटाएर बढीमा ११ बनाउने तयारीमा छन् ।
एमालेलाई ४, माओवादीलाई २ र साना दललाई १र१ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी छ । गिरी ७ दल र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादीले ४ मन्त्रालय दाबी गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend