काठमाडौं २८ पुस । आज सत्ता साझेदार दलहरुको मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सत्ता साझेदार दलहरुबीच केन्द्र र प्रदेश सरकार विस्तारबारे बैठकमा छलफल गरिने भएको छ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाए पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन। कतिपय मन्त्रीहरु बिना विभागीय रहेका छन्। उनीहरुलाई भने आज ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले जिम्मेवारी तोक्ने तयारी छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend