आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रचण्डको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

प्रचण्डको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

 

काठमाडौं २९ पुष । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) तिर लागेका जनप्रतिनिधिहरूलाई पदमुक्त गराउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको रिटमाथि आज सुनुवाइ हुँदैछ।

अध्यक्ष प्रचण्डले गत असारमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्चले अन्तरिम आदेशबाट कामकाज गर्न नरोक्नू भनेपछि त्यसलाई खारेजी माग गर्दै रिट दायर गरेका थिए। प्रचण्डको त्यही रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ।

यसअघि निर्वाचन आयोगबाट पदमुक्त स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। त्यही आदेश खारेजी मागसहित प्रचण्डले रिट हालेका थिए।सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा यो मुद्दा तोकिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend