आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

 

 

काठमाण्डौ २८ पुस । निर्वाचन आयोगले  ३० गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पालिका, प्रदेश तथा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १६ दललाई बैठकमा बोलाइएको प्रवक्ता पौडेलले बताए । आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयोगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend