आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गृहमन्त्रालयद्वारा सिंहदरबार प्रवेश पास खारेज

गृहमन्त्रालयद्वारा सिंहदरबार प्रवेश पास खारेज

 

 

काठमाडौं २८ पुष । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका पास खारेज गर्ने निर्णय गरेको छ। ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गर्ने निर्णय गरेको हो।

आज एक सूचना जारी गर्दै मन्त्रालयले भनेको छ, ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend