सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दिल्लीमा एकै दिन २१ हजार कोरोना संक्रमित, २३ जनाको मृत्यु

दिल्लीमा एकै दिन २१ हजार कोरोना संक्रमित, २३ जनाको मृत्यु

 

दिल्ली २७ पुष। भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको छ । दिल्ली सरकारको तर्फबाट जारी गरिएको बुलेटिनमा सो समयमा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

दिल्लीमा कूल सक्रिय संक्रमितको संख्या ७४ हजार ८८१ रहेको छ । पोजेटिभिटी दर पनि बढेर २५।६५ पुगेको छ । भारतमा मंगलबार १ लाख ६८ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको थियो भने २७७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend