आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

आज ३००औं पृथ्वीजयन्ती मनाइँदै

आज ३००औं पृथ्वीजयन्ती मनाइँदै

 

काठमाण्डौं २७ पुस । आज पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशैभर धुमधामका साथ मनाइँदैछ । आज पुस २७ अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती ।

विभिन्न जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष पृथ्वीजयन्ती मनाइने गरिन्छ ।

विसं १७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको थियो । उनी जन्मिनुभन्दा पहिला नेपाल ५२ राज्यमा विभाजित थियो । उनैले नै एकीकरण गरी सिंगो मुलुक बनाएका हुन्।

पृथ्वीजयन्तीको अवसर पारेर सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा घोषणा गर्न माग हुँदै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend