आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाडौँ उपत्यकामा आजदेखि १२–१७ वर्ष उमेर समूहकालाई फाइजर तथा मोडेर्ना खोप

काठमाडौँ उपत्यकामा आजदेखि १२–१७ वर्ष उमेर समूहकालाई फाइजर तथा मोडेर्ना खोप

 

 

काठमाडौँ २७ पुष । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मंगलबादेखि १२ देखि १७ वर्षका बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ ।

फाइजर र मोडेर्नाको खोप बालबालिका तथा किशोरकिशोरीलाई प्रदान गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानीय तहबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छन् । मन्त्रालयले सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मंगलबारदेखि ती उमेर समूहका विद्यार्थीलाई फाइजर र मोडर्ना खोप लिइने थालेको बताएका छन् ।

उनले पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने बताए । केही दिन मात्रा ६ लाख ६६ हजार खोपमा प्रयोग गरिने सिरिन्ज आएपछि विद्यार्थीलाई खोप अभियान सुरु गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गरे पनि स्थानीय तहको समन्वयमा विद्यार्थीलाई खोप लगाइने उनले बताए । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend