अन्याय अत्याचार राज्यले नै गर्छ भने त्यस देशका नागरिकले कस्तो अनुभूती गर्छन् होला । के राज्य संचालन गर्ने र जनताको प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताले यसको जबाफ दिन सक्छन् । हामी यो देशका नागरिक हौ र पनि राज्यबाट अपहेलित भएका छौ । अन्यायमा परेका छौ । तर यहाँ न्यायदिने निकाय ज्युदो छकी मरिसकेको छ आम चासोको बिषय बनेको छ । जातकै आधारमा पहिचान, जातकै आधारमा आरक्षण ,जातकै आधारमा जातिय राज्य चाहियो रे तर बाहुन क्षेत्रीहरुलाई त्यो अधिकार दिनु हुँदैन रे ! किन बाहुन क्षेत्रीलाई अधिकार दिन नहुने भनेर जबाफ माग्दा उनीहरुको तर्क यस्तो छ । बाहुन क्षेत्री पढेलेखेका छन रे! बाहुन क्षत्रीले देश चलाएका छन रे ! बाहुन क्षेत्री ले उपल्लो तहमा जागीर खाएका छन रे! धेरै बर्ष शासन गरेका छन रे !यस्तो किसिमको कु तर्क गरेर हाम्रो अधिकार माथी धावा बोल्न पाइन्छ ? हामी बाहुन क्षेत्री जति सबैलाई धनी ,सम्पन्न ,उपल्लो तहमा ,र राज्य संचालकको रुपमा हेर्ने र देख्ने यी राजनीतिक दलका नेता हरुको चस्मा कहाँ बनेको हो मेड इन अमेरिका ,युरोप ,इन्डिया वा अन्य ठाउँमा हामी यसको जबाफ खोजेका छौ ।
अरुको आङमा जुम्रा देख्ने तर आफ्नो आङको भैंसी नदेख्ने भनेको यही हो सायद । हो यहाँ बर्गिय विभेद छ कोही धनि छन कोहि गरिब छन । एउटै बाउका छोरा छोरी पनि कोहि डाक्टर ,कुनै पाइलट ,कुनै शिक्षक ,कुनै कृषक कुनै सेनामा त कुनै पुलिसमा विभिन्न पेसा अगालेका हुन्छन् भने देशका सबै नागरिक एकै किसिमको हुने कुरा भएन र हुँदैन । पेशा रोज्ने उसको अधिकारको कुरा हो । सबैको एउटै किसिमको दिमाग पनि हुँदैन तर आफ्नो कमजोरी लुकाएर अरुलाइ दोष दिनु कत्तिको उचित हो यसको मुल्यांकन हुनु जरुरी छ । सबैलाई आरक्षण चाहिने र तर बाहुन क्षेत्रीलाई दिन हुँदैन भन्ने यस्तो लाजमर्दो कुरा गरेको सुन्दा यो मन भतभती पोल्दो रहेछ । एकजना बाहुन प्रधानमन्त्री हुदैमा सबै बाहुन सम्पन्न हुन्छन् र ।गिरिजा प्रसाद कोइराला ,सुशील कोइराला ,झलनाथ खनाल ,माधब नेपाल ,पुष्पकमल दाहाल (प्रचण्ड ) शेरबहादुर देउवा ,केपी ओली प्रधानमन्त्री हुँदा गरिबीको रेखामुनि रहेका विकट गाउँमा बस्ने खान लाउन नपुगेर अरुको घरमा बस्ने ।
घरपरिवार पाल्नको लागि बिदेशी भुमिमा पसिना बगाउने चर्को घाममा खाडी मुलुकमा आफ्नो ज्यानको प्रबाह नगरी दिन रात काममा खटिएका बाहुन क्षेत्रीहरुलाई जो प्रधानमन्त्री भएपनि के फाइदा छ । र त्यस्तै रामबरण यादव, उपेन्द्र यादव ,राजेन्द्र महतोहरु राष्ट्रपति,उप (प्रधानमन्त्री अथवा अन्य मन्त्री हुँदा मधेसी जनता जो गरिबीको रेखामुनि अभाबै अभावमा बाच्न बिबश छन उनीहरुको दैनिकीमा के परिवर्तन आएको छ र ?सुर्य बहादुर थापा ,लोकेन्द्रबहादुर चन्द ,कमल थापाहरु प्रधानमन्त्री मन्त्री हुँदा कुन चाहिँ गरिब निमुखा जनजातिका दुख दुर भएका छन र त्यसैले कसैले उचाल्दा उचालिनि पछार्दा पछारिनि गर्नु कदापि राम्रो होइन । कुनै जातीको मानिस प्रधानमन्त्री हुदैमा त्यो जातिका मानिस सम्पन्न हुन्छन् भन्ने मानसिकताबाट मुक्त हुनु जरुरी छ । देशमा जनता सुखी सम्पन्न हुने भनेको राम्रो निति बनाएर त्यही नितिलाई कार्यान्वयनमा लैजानु हो । राज्यमा बस्ने सबैको अधिकार बराबर हुनुपर्छ ।राज्यले कसैलाई काख कसैलाई पाखा गर्नु भनेको बिद्रोह निम्त्याउने काम मात्र हो । बाहुन क्षत्री पनि यो देशका अरु नागरिक सरह बराबरी हक अधिकार भएका नागरिक हुन ।
कसैले भन्दैमा आफ्नो अधिकार छोड्ने कुरा आउदैन । पछिल्लो समयमा बाहुन क्षेत्री समुदाय माथी अरिगालको गोलो खन्निय जसरी देशीविदेशी शक्तिहरु हामी माथी खनिएको छ । हामीहरुलाई यो असहाय पिडा भएको छ । आफ्नो खोसिएको अधिकार प्राप्त गर्न हामी जस्तोसुकै मुल्य चुकाउन तयार छौ । दुइचार जना बाहुन क्षत्रीले राज्य सन्चालन गरे बन्दैमा हामिलाई अधिकार बाट बन्चित गर्ने कुचेष्टा कसैले नगरे हुन्छ । नत्र यसको परिणाम भयावह हुने छ । हाम्रो देशमा कस्तो खालको नीति नियम ल्याउन खोजिएको हो। बाहुन क्षेत्रीले लोकसेवा आयोग पास गर्न नब्बे, सयमा प्रतिस्पर्धा गर्नुपर्ने तर जनजाति मधेसी दलितले चाहिँ चालीस ,पचास प्रतिशतमा प्रतिस्पर्धा गर्ने ।यो कस्तो खालको अत्याचार हो ? चालीस प्रतिशत ल्याउने पनि डाक्टर नब्बे प्रतिशत ल्याउने पनि डाक्टर अब भन्नुस् हाम्रो समाज आजको बैज्ञानिक युगमा कता जादै छ ।
यस्तो खालको बिभेद्लाई तुरुन्त हटाउन हामी जोड्दार माग गर्दछौं । के जनजाती सबै गरिब छन ?के दलित सबै गरिब छन ?के मधेसी सबै गरिब छन ?सबैले भन्छन छोइनन । सबै जातजाति भित्र धनि पनि छन गरिब पनि छन यिनै समुदाय भित्र पनि जमिनदारहरु छन र आफ्नै समुदाय भित्रका गरिबहरुलाइ जुकाले रगत चुसेजस्तै चुसेका छन ।सरकारमा बस्नेहरूले त्यतातिर ध्यान दिनुपर्ने हो।मधेसी बाट मधेसी नै हेपिएका छन जनजाति बाट जनजाति हेपिएका छन भने किन बाहुन क्षेत्रीमाथी आरोप लगाउने कस्को डिजाइन हो यस्को खोजी हुनु जरुरी छ ।
जस्ले जे भन्यो त्यही गर्दै जाने राजनीतिक दलका नेताहरुलाइ के भन्ने । हामी सम्बन्धित पक्षलाई खबरदारी गर्दछौं । यो जातीय सिन्डिकेट तुरुन्त हटाइयोस ।जातिय आरक्षणको तुरुन्त अन्त्य होस ।यस्को सट्टामा गरिब जनताको लागि राहतका प्याकेजहरु ल्याउनु जरुरी देखिन्छ । जुन प्याकेजले सबैका छोराछोरीले पढ्न पाउन ।सबै जनताका आबस्यकताहरु पूरा हुँदै जाउन ।खान, लाउन,स्वास्थ्य उपचार पाउन कसैलाई गाह्रो नहोस् ।सम्बन्धित निकायको त्यतातिर ध्यानाकर्षण गराउन चाहन्छौं ।अहिले गरिब झन पछि झन गरिब हुँदै गइरहेको छ धनी झन पछि झन धनी हुँदै गएको छ ।गरिब र धनी बिचको खाडल निकै ठूलो भैसकेको छ सरकारले त्यतातिर ध्यान दिनु जरुरी छ ।
गायक मोतीराज खनाल, सितगंगा ३, दमार, अर्घाखाँची
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend