ओखलढुंगाका तत्कालिन माओवादी नेता एबम पूर्वसांसद बालकृष्ण ढुंगेल जेल बाट रिहा भएका छन् । उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका ढुंगेल जेल परेका थिए । सरकारले गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा ८ सय १६ जना कैदीलाई सजाय माफी दिएको हो । उनीहरुलाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको हो । गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको सजाय माफी दिएकी हुन् ।
द्वन्द्वकालिन मुद्दामा बालकृष्ण ढुंगेलले जेल सजाय भोगिरहेका थिए । उनले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएको कारागार व्यवस्था विभागले जनाएको छ । यद्यपि, ढुंगेललाई माफी दिन लागिएको भन्दै केही दिनयता विरोध प्रदर्शन भइरहेको छ भने सर्वोच्च अदालतमा रिट समेत परेको थियो । सोमवार अदालतले ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मगाएको थियो । दिल्लीबजार कारागारबाट रिहा भएलगत्तै ढुंगेल नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यलय पुगेका थिए । त्यहाँ उनलाई पार्टी कार्यलयका कर्मचारीले स्वागत गरेका थिए । पार्टी कार्यलय पुगेका ढुंगेलले धर्तीमा पाइला टेकुन्जेल देश र जनताका लागि लडिरहने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend