आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

निशानदेवी बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभा सम्पन्न

निशानदेवी बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । निशानदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको साधारण सभा २०८३ कात्तिक १४ गते शनिबार काठमाडौंको बसुन्धरास्थित दियानो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

सभामा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले सभालाई सम्बोधन गर्दै सहकारी क्षेत्रको वर्तमान अवस्था, यसको महत्व र सहकारी संस्थाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे मन्तव्य राखेका थिए ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष बुद्धिराज पाण्डे र कोषाध्यक्ष रामहरि सुवेदीले प्रस्तुत गरेको २०८३ असार मसान्तसम्मको प्रतिवेदन छलफलपछि पारित गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन, आय–व्यय विवरण, नगद प्रवाह विवरण तथा वासलातमाथि छलफल गरी पारित गरिएको संस्थाले जनाएको छ ।

सभाले आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरणसमेत स्वीकृत गरेको छ । लेखा सुपरीवेक्षण समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गरिएको छ । साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सञ्चालक समिति र शेयर सदस्यका तर्फबाट प्रतिनिधि छनोट गर्ने कार्यसमेत सम्पन्न भएको छ ।

सभामा शेयर सदस्यहरूबाट प्राप्त प्रस्ताव तथा सुझावमाथि छलफल गरिएको थियो । संस्थाले सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका, २०७६ बमोजिम साधारण सभामा प्रस्ताव पेस गर्न चाहने शेयर सदस्यले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थामा सम्पर्क गरी लिखित प्रस्ताव दर्ता गराउनुपर्ने व्यवस्था रहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend