सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

धार्मिक सद्भाव कायम राख्न प्रजातान्त्रिक पार्टी नेपालको आग्रह

धार्मिक सद्भाव कायम राख्न प्रजातान्त्रिक पार्टी नेपालको आग्रह

काठमाडौं। प्रजातान्त्रिक पार्टी नेपालले देशमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै नेपालीलाई एकताबद्ध हुन आग्रह गरेको छ। पार्टीका अध्यक्ष डा. तारानाथ लुईटेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै धर्म, जात वा समुदायका नाममा विभाजित नभई नेपालीको साझा पहिचानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनले हिन्दु, मुस्लिम, किराँत, ईसाईलगायत सबै धर्मावलम्बी नेपालीहरू आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ बस्दै आएको उल्लेख गर्दै कसैको स्वार्थ पूरा गर्न गराइने हिंसात्मक गतिविधिको पछि नलाग्न आग्रह गरेका छन्।

डा. लुईटेलले नेपाल शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मभूमि भएकाले शान्ति, सहअस्तित्व र राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले “हामी सबै नेपाली हौं, कोही पनि पराइ होइन” भन्ने भावना आत्मसात् गर्दै समाजमा विभाजन र द्वन्द्व निम्त्याउने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

प्रजातान्त्रिक पार्टी नेपालले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयमता अपनाउन र शान्तिको पक्षमा उभिन अपिल गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend