काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनलाई लक्षित गर्दै तृतीय उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मण पौडेलले व्यवसायीहरूलाई आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन्।
उम्मेदवार पौडेलले एक शुभकामना सन्देश जारी गर्दै संघको नेतृत्वमा अनुभवी, जिम्मेवार र व्यवसायीहरूको हकहितप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्। उनले आगामी निर्वाचनमा तृतीय उपाध्यक्ष पदका उम्मेदवारका रूपमा आफूलाई मत, साथ, समर्थन तथा आशीर्वाद प्रदान गर्न सम्पूर्ण व्यवसायीहरूलाई अनुरोध गरेका छन्।
“तपाईँहरूको विश्वास नै मेरो शक्ति हो,” भन्दै पौडेलले संघलाई थप सशक्त, व्यवसायीमैत्री र परिणाममुखी संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
उनले वैदेशिक रोजगार क्षेत्रको दिगो विकास, व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत एकता तथा सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, व्यवसायीहरूबीचको आपसी सहकार्य, पारदर्शिता र समृद्धिको लक्ष्य हासिल गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ।
“एकता, सहकार्य र समृद्धि” को नारासहित चुनावी मैदानमा उत्रिएका पौडेलले संघलाई व्यवसायीहरूको साझा भरोसाको संस्थाका रूपमा स्थापित गर्न आफू निरन्तर क्रियाशील रहने बताएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिँदै जाँदा विभिन्न पदका उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन्। यसैक्रममा तृतीय उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मण पौडेलले पनि व्यवसायीहरूमाझ आफ्नो एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्दै समर्थन जुटाउने अभियानलाई अगाडि बढाएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend