सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सामाजिक सुरक्षा कोषमा ६ लाखभन्दा बढी श्रमिक आवद्ध : मन्त्री भण्डारी

सामाजिक सुरक्षा कोषमा ६ लाखभन्दा बढी श्रमिक आवद्ध : मन्त्री भण्डारी

६ भदौं,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाता तथा करिब ६ लाख १३ हजार ७१८ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको बताए ।

उनका अनुसार स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका ७७६ श्रमिक र ४७६ स्वरोजगार व्यक्ति समेत कोषमा समेटिएका छन् ।

मन्त्री भण्डारीले हालसम्म १८ लाख ३५ हजार ६ सय ४ जना वैदेशिक रोजगारीमा जाने श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएको उल्लेख गर्दै सरकारले यसलाई सबै श्रमिकका लागि अनिवार्य बनाउने लक्ष्य लिएको स्पष्ट पारे ।

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने व्यवस्था सरकारको नीति भएको बताउँदै यसले श्रमिक स्वयंलाई मात्र नभई उनीहरूको परिवारलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस अवसरमा मन्त्री भण्डारीले आन्तरिक रोजगारीको सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सहकार्य गर्न सबैसँग आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend