सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँची खिल्जीका दामोदर बस्नेतलाई मस्तिष्कघात, काठमाडौंमा उपचार जारी

अर्घाखाँची खिल्जीका दामोदर बस्नेतलाई मस्तिष्कघात, काठमाडौंमा उपचार जारी

 

२५ साउन,काठमाडौं ।  अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–६, खिल्जी डाँडागाउँ निवासी दामोदर बस्नेतलाई चार दिनअघि मस्तिष्कघात (स्ट्रोक) भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको हो । उनका दाजु निम बस्नेतले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, दामोदरलाई प्रारम्भिक तीन दिनसम्म अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार आईसीयूबाट निकालेर हाल ब्लक ‘सी’ को चौथो तलामा स्थानान्तरण गरिएको छ, जहाँ उनलाई  अकुपञ्चर लगायतको वैकल्पिक चिकित्सा पद्धतिबाट पनि उपचार भइरहेको छ ।

दाजु निम बस्नेतका अनुसार, दामोदर बस्नेतको स्वास्थ्य अवस्था क्रमिक सुधारतर्फ उन्मुख भएको छ । परिवार, आफन्त तथा स्थानीयवासीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निरन्तर शुभेच्छा प्रकट गरिरहेका छन् । चिकित्सकले आवश्यक परीक्षण र उपचार निरन्तर गरिरहेको र समयमै आवश्यक देखिने थप प्रक्रिया अपनाइने जनाएका छन् । गाउँघरमा सामाजिक रूपमा सक्रिय र मिलनसार स्वभावका दामोदर बस्नेतको स्वास्थ्य समस्या सम्बन्धी यो खबरले अर्घाखाँचीका साथै काठमाडौंमा रहेका चिनेजानेकाबीच पनि चिन्ता र चासो बढाएको छ ।

फोटो दाजु निम बस्नेतको फेसबुकवाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend