३० चैत्र, काठमाडौं। नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी हुनु भएको छ। शुक्रबार संघको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमाभुवन सिंह विजयी हुनुभएको हो।
उहांको नेतृत्वमा संघमा नयाँ कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा नरेश गेलाल समूहका सुजित श्रेष्ठ र द्वितीय उपाध्यक्षमा गुरुङ समूहका देवकुमार खोखाली विजयी हुनुभएको छ भने तृतीय उपाध्यक्षमा गेलाल समूहका बैकुण्ठ वैभव विजयी हुनुभएको छ।
यस्तै, महासचिवमा गुरुङ समूह कै महेश कुमार बस्नेत विजयी हुनु भएको छ। सचिवमा गुरुङ समूहका कुन्छ दोर्दे दिङडोङ र कोषाध्यक्षमा गेलाल समूहकी धनमाया सिन्जाली मगर विजयी हुनु भएको छ ।
यस्तै कार्यसमिति सदस्य पदमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, राज लामा तामाङ, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, विद्यालक्ष्मी बज्राचार्य, सुमनराज पाण्डे, बिजयी हुनु भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend