प्रकाश बेल्बासे ( प्रकाश दाइ )
गाउँहरु सुन्दर हुन्छन ।
मलाई लाग्छ संसारका हरेक गाउँ सुन्दर हुन्छ्न, छन ।
र यी मध्यको एक मेरो गाउँ पनि बिछट्टै अद्भुत छ ।
बिगत केहि बर्षदेखि म यसै बिषयमा चिच्याईरहेको छु । यि सबै गाउँ मध्य मेरो गाउँ झनै राम्रो छ है भन्दै शब्दमार्फत
अभिब्यक्त भैरहेको छु ।
अझ पछिल्लो समय त यसलाई पुस्टि गर्न अहोरात्र उद्धत छु ।
कहिले बस्तिका तस्बिरहरु त कहिले लोपोन्मुख जिनिसका तस्बिरहरु फेसबुकमा उकालेर सबैलाई भनिरहेको छु, ल हेर मेरो गाउँ ! देख्यौ कति राम्रो छ ?
यसै दौरान म र मेरो टिमले लुकेर रहेका संस्कृतिहरु उजागर गर्न भिडियोहरु पनि बनायौँ । अझ फिरन्ते टिमले त “शंराय” शिर्षकमा बृत्त चित्र नै बनायो ।
यसर्थ, समग्रमा मेरो गाउँ सुन्दर छ ।
त्यहाँ रहेका बस्तिहरु सबैजसो सुन्दर देखिन्छन । जताततै हरियालि छ । सबैका घर राम्रा छन । के खाम के लाम कसैलाई छैन । झट्ट हेर्दा गज्जब देखिन्छ ।
तर ,
तर डियर पाठक ,
गाउँ कुरुप छ ।
कुरामा कन्ट्राडिकस्न आयो है ?
“गाउँहरु सुन्दर हुन्छ्न तथापि सुन्दरता भित्र कुरुपता पनि छ ।”
लेट्स मि – ब्याख्या !
माफ गर्नुहोला मैले यसो भनेर आफैले राम्रो र सुन्दर भनेको चिजको अपमान पनि गरे । खासमा सत्य यहि हो । पत्यार लाग्दैन भने, जानुहोस गाउँ र प्रत्यक घर घुमेर आउनुहोस । अनि बहस गरौला ।
यसैले पत्याउनुहोस । यसो गर्नुको बिकल्प ठिक यतिबेला तपाईसँग छैन ।
अनि त्यो भन्दा पहिला गाउँको परिभाषालाई अलि फराकिलो गरि बुझ्न अनुरोध गरे ।
बस मेरो अध्यनले, घर दैलो ले भन्छ गाउँ बर्बाद छ ।
अब कसरि भन्ने प्रश्नले दिमाग अठ्ठायो होला । पक्कै अट्ठायो ।
यदि त्यसो हो भने एक्छिन मेरै शब्दमा आँखा चराउनुहोस ।
म गर्छु भनेको ब्याख्या भित्रै छु ।
जब म गाउँका कम्तिमा ३०० घर टेके, मैले अचम्मको डाटा पाएँ ।
जस्तो
प्रत्येक बुढाबुढि दबै सेबन गर्छन ।
युबाहरु लाहुर छन ।
केहि बर्षौ हुँदा सम्म फर्किएका छैनन ।
बच्चा, महिला र बुढाबुढिहरु मात्रै छ्न ।
छरछिमेकमा बैमनस्यता छ ।
शरकारि स्कुलहरु रित्तिदा छन ।
केटाकेटिहरु कुलतमा छन ।
गाँजा लगभग ५० प्रतिसत युबाहरुको गोजिमा छ ।।
जे जति छन, ति सप्पैका लभ पर्याछ्न ।
जो सँग पैसा छ उनिहरु सँग संतान छैनन, खुशि छैन । छ त केबल डिप्रेसन मात्र ।
जो सँग पैसा छैन, संतान बेरोजगार छन । बिदेशको ट्राई छ छ । अरुको देखेरै उनिहरु चिन्तित छ्न । डिप्रेसनमा छन ।
टिचरहरु उस्तै । अरुले धेरै कमाए भन्ने चिन्ता । शहरमा घर बनाए भन्ने चिन्ता ।
यता शहर पसेकाहरुसँग पनि उस्तै पिरलो । गाउँ छाडेकोमा पिरलो । गाउँ पुग्दा कसिले नगनेकोमा पिरलो । गाउँमा भए रहेको प्रतिस्ठा गुम्दै गैरहेकोमा पिरलो !
यि पिरलै पिरलोको योगफलले उनिहरुपनि डिप्रेसनमा छन ।
अचम्म छ ।
अब एउटा उदाहरण पस्के हैँ । एक्कैछिन मै सँग रहनुहोस !
एक जना मान्यजन , जो पेशाले गुरु हुनको घरमा गएँ म ।उनिहरुले मलाई बस्न भने (बसे ।
कुराकानि भए । सुरुमा आफ्ना छोराहरु बिदेश छन भनेर छाति चौडा पारेका उनिहरु समयको अन्तराल सँगै कुराकानिको अन्त्यतिर (रोए ।
उनिहरुको त्यो पिडा, बेदना देखेर म पनि पग्लिएछु ।एउटा छोरा ९ बर्षदेखि घर आएको रैनछ । अर्कोलाई आफै भेटेर आएका रैचन ।
सबैका छोराहरु घर आउँछन , बा आमा खुशि हुन्छ्न । पर्ब आउँछ । मिठो मसिनो जे छ त्यहि खान्छन ।
तर हाम्रो घर सधै मसानघाट जस्तो भो बाबु भन्दै उनि भक्कानिए ।
म बोल्न सकिन । आज सँगै खानि हो भनेर खाना पकाए ।
सबै सँगै खाइयो ।
बिचरा उनिहरुको बेदना !
हेर्नुस,
हामिलाई लोभले बर्बाद बनायो ।
बर्बाद यतिसम्म बनाएछ कि – छिमेकमा फाटो छ । बोलचाल छैन ।
दुइपैसो कमाएका संगै रुप्पेको पेलाई छ । नभएका सँग छैन र हेपो भन्ने मानसिकता छ । उ भएर ठुलो अर्को भोलि मेरो पनि हुन्छ भनेर आजै ठुलो ।
ए भौमान ! कति सम्म भने एउटै सुरभित्र तिन परिबार छन । नाताले ति तिन बाउछोरा हुन । भान्सा तिन छन । बोलचाल छैन ।
सबै पाटो खस्किदो छ । पहिला जस्तो भाईचारा भेटिन्न ।
पहिला के थियो ?
म २९ को भएँ । म जब १० को थिएँ – सम्झन्छु गाउँ स्वर्ग थियो ।
उ बेला,
सबैजनाको जिबन स्तर कृषिमा आशृत थियो । सबैका बारि थिए । खेत थियो । बस्तुभाउ थिए, जमिन थियो । प्रत्यक घरमा दुध उत्पादन हुन्थ्यो । लैना बकेर्ना भैँसि हुन्थे । एक हल गोरु हुन्थे । खोर भरिने गरि बाख्रा हुन्थे । परिबार ठुलो हुन्थ्यो । कसैले कसैको डाहा गर्दिन्थे । कामकाज मा परिमो चल्थ्यो ।
आज सबै मिलेर फलानाको गहुँ काटे भोलि यसै गरि अर्कोकोमा गर्थे । खेतमा उसैगरि काम हुन्थ्यो । एइँचो पैँचो चल्थ्यो । आज मेरा घर तेल सक्के पल्ला घरट ल्याएर गुजारा हुन्थ्यो । पल्ला घरा आटो सक्के मेराट लान्थे ।
मेलापर्बमा सबै मिलेर काम गर्थे ।
गाउँ सफा हुन्थ्यो । पानी टाढै थियो तर स्वच्छ थियो । रोग कसैलाई लाग्दैन्थ्यो । लागे त्यो बिरलै हुन्थ्यो ।
बुढाबुढिहरु तगडा देखिन्थे । कसैको कान कपाल दुख्दैन्थ्यो । युबाहरु एकजुट हुन्थे ।
पैसा कमाउनि होडबाजि थिएन । आफ्नो सम्पति जहाँ छ त्यसैमा गर्ब गर्थे । सँरक्षण गर्थे ।
जे छ त्यहि खान्थे ।
तर अचेल !
तपाई आफ्नो गाउँ सम्झनुहोस । मैले माथि लेखेको कुरामा गौर गर्नुहोस । हामि बर्बाद भयौँ ।
धन सम्पति अग्ड्याङ बग्ड्याङ ले हामिलाई एकलकाटे बनायो । गाउँमा पुर्खाहरु खेलेको रोपनि भन्दा शहरका बित्तामा हामि हरायौँ ।
हामि कसैको मतलब गर्दैनौँ । समाजबाट बिस्तारै अलग हुँदै गएका छौँ । बन्दकोठामा बसेर सामाजिक सन्जाल चलाउन पाए पुगि गो । हामि यसैमा निमग्न छौ ।
प्रबिधिल हाम्रो जाँगर मारिदियो ।
हामि दिमाग चलाउन छाड्यौँ । बस बसेर युट्युब हेर्न पाए पुग्यो ।
हामिलाई छिटो तर धेरै चाहिएको छ । आफ्नो सबै छोडेर अर्कैको देशमा जोत्तिरहेका छौँ । त्यसैमा गर्ब छ हामिलाई । गाउँ समाज परिबार बाट एक्लिएर कमाएको दुइ पैसामा कत्रो आड्म्बर ।
थुइक्क मान्छे !!
डियर पाठक, आई एम सो सरि !
मैले गाउँको भितृ तह केलाएर तपाईंलाई निरस बनाए कि !
जे भन्नुस कुरा यहि हो ।
” गाउँहरु सुन
डियर पाठक, आई एम सो सरि !
मैले गाउँको भितृ तह केलाएर तपाईंलाई निरस बनाए कि !
जे भन्नुस कुरा यहि हो ।
” गाउँहरु सुन्दर हुन्छन तथापि सुन्दरता भित्र कुरुपता पनि छ ।”
अगस्ट कम्टे जो बरिस्ठ समाजसास्तृ थिए, ले भनेका थिए – परिबार, घर, छिमेक, रितिरिवाज, भु बनावट र भाईचाराको योगफल सँगै पुराना कुराहरुको अस्तित्व गाउँ हो ।
र उनि चिन्ता गरेका थिएछन( एक समय यस्तो आउँछ भौगोलिक बनावटको आधारले मात्रै गाउँ – गाउँ रहन्छ नत्र अन्य कुराहरु शहररुपि हुन्छन ।
आज एक्ज्याक्ट्लि म उनको थेउरि सम्झिएको छु । हामि उनैले भनेजस्तो बिचलन हुँदै छौ ।
गाउँलाई गाउँ बनाई राख्न के गर्न सकिएला ! मैले के भुमिका खेल्न सक्छु ? तपाईको रोल के हो ?
यहि प्रश्न मुनि उभिएर अचेल म घोत्लिरहन्छु ।
यो परिबर्तन कि बिचलन ?
जय गाउँ
प्रकाश बेल्वासे
भुमिकास्थान ,अर्घाखाँची
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend