सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

आयल निगमको नायब प्रबन्ध निर्देशकमा वीरेन्द्र गोइतको बढुवा

आयल निगमको नायब प्रबन्ध निर्देशकमा वीरेन्द्र गोइतको बढुवा

काठमाडौं २०७९ माघ २८ गते ।नेपाल आयल निगम लिमिटेडका निर्देशक वीरेन्द्र गोइत नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएका छन् । आपूर्ति तथा वितरण विभाग प्रमुख रहेका गोइतको योग्यता पुगेको झन्डै दुई वर्ष ढिला गरी बढुवा भएको हो ।

निगम प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार नायब प्रबन्ध निर्देशक पदमा बढुवाका लागि गोइतसँगै अर्का निर्देशक दीपक बरालको नाम पनि सिफारिस भएको थियो । सञ्चालक समिति बैठकले वरिष्ठताका आधारमा गोइतको बढुवा गरेको हो ।

उनी आयल निगममा २७ वर्षदेखि कार्यरत छन् । उनले केही समय प्रवक्ताको जिम्मेवारीसमेत बहन गरेका थिए । देशभरको इन्धन आपूर्ति र वितरणमा उनले दख्खल राख्ने गरेका छन् । गोइतले निगमको थानकोट, भैरहवा, नेपालगन्ज, विराटनगरलगायतका डिपोमा प्रमुख भएरसमेत काम गरिसकेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend