सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

डा उपाध्यायलाई मुम्बईमा ‘विश्व कीर्तिमान अद्भुत व्यक्तित्व सम्मान’

डा उपाध्यायलाई मुम्बईमा ‘विश्व कीर्तिमान अद्भुत व्यक्तित्व सम्मान’

मुम्बई, २०७९ माघ २७ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा। डीआर उपाध्यालाई संयुक्त नेपाली महासंघ मुम्बईले विशेष सम्मान गरेको छ ।

उहाँलाई एक विशेष समारोहबीच नेपाली महासंघले विशेष सम्मान गरेको हो । संयुक्त नेपाली महासंघ मुम्बईले उहाँलाई ‘विश्व कीर्तिमान अद्भुत व्यक्तित्व सम्मान’ बाट विभुषित गरेको हो ।

बहुआयामिक व्यक्तित्वका धनी प्रसिद्धि गीतकार तथा उपन्यासकार डा। उपाध्यायले आफ्ना सिजर्नामार्फत विश्वमा नेपाल चिनाउन सफल हुनुभएको विषय हामी सबैका लागि गौरवको कुरा भएकोले उहाँलाई सम्मान अर्पण गरिएको महासंघका अध्यक्ष धिर रावलले बताउनुभयो ।

‘एउटा स्रष्टा मात्र नभएर हाम्रो राष्ट्रिय धरोहरका रुपमा रहनुभएको अद्वितिय व्यक्तित्वलाई मुम्बईमा सम्मान गर्न पाउँदा हामी हर्ष विभोर भएका छौ’, अध्यक्ष रावलको भनाइ थियो ।

यस्तै डा उपाध्यायलाई महासंघले आफ्नो आजिवन मानर्थ सदस्य पनि प्रदान गरेको छ । १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्याय ३६ एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् ।

यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend