खवरब्रेकिंग संवाददाता
काठमाडौं, २०७९ माघ २६ गते । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । राष्ट्रपतिको उम्मेदवार, गृहमन्त्रालयलगायतबारे छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको संयन्त्रको बैठक आज बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच बुधबार बालकोटमा भएको भेटवार्तामा आजका लागी बैठक बोलाउने सहमति भएको थियो ।
नयाँ सरकार गठन हुँदा एमाले र माओवादीबीच राष्ट्रपति एमालेले पाउने सहमति गरेपनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुुपर्नेमा जोड दिँदै आएका छन् । तर, एमालेले भने सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिइरहेको छ ।
डेढ महिनामै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । त्यसबारे पनि बैठकमा छलफल हुने भएको छ । बैठकमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको सहभागिता हुने जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend