आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी

शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी

काठमाडौं २५ असोज । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो।

तिलाकर्णाली र कुकुर खोला दोभानमा रहेको घाटमा शव जलाउँदै गरेका बेला घटना भएको प्रहरीले जनाएको छ। सोमबार अबेरसम्म कोही पनि फेला परेका छैनन्। उनीहरू पहिरोसँगै तीलाकर्णालीमा बगेको हुन सक्ने स्थानीयवासी बताउँछन्। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend