सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाँच देशसँगको श्रम सम्झौतालाई परिमार्जन गर्ने तयारी

पाँच देशसँगको श्रम सम्झौतालाई परिमार्जन गर्ने तयारी

फाइल तस्विर

काठमाडौं २४ असोज । सरकारले साउदी अरब र सेसेल्ससँग नयाँ सम्झौता गर्नुका साथै यूएई, मलेसिया र कतारसँग विगतमा भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तयारी गरेको छ। सरकारले आधा दर्जन नयाँ तथा पुराना श्रम गन्तव्य देशसँग यसअघि भएका श्रम सम्झौतालाई नयाँ परिवेशअनुसार परिमार्जन गर्ने तयारी भएको हो।

यसअघि सम्झौता गरिएका र नयाँ सबै मुलुकसँग गरिने सम्झौतामा शून्य लागतलाई प्राथमिकतामा राखी नेपालले मस्यौदा तयार गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालको समीक्षा गर्दै साउदी अरब र सेसेल्स, यूएई, मलेसिया र कतारसँग श्रम सम्झौता गरिने बताए । नेपालले यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता संशोधन गरे नयाँ परिवेश अनुसार गर्ने तयारी गरेको छ । यसमध्ये पनि साउदी अरब र सेसेल्ससँग भने नेपालले नयाँ श्रम सम्झौता गर्ने भएकाले कतिपय विषयमा चरणबद्ध छलफल हुन सक्ने मन्त्रालयले जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend