सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

समाजवादी सांस्कृतिक साँझ आज, प्रवेश निःशुल्क

समाजवादी सांस्कृतिक साँझ आज, प्रवेश निःशुल्क

काठमाडौँ ५ आश्विन । राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी जनसंगीत मञ्च केन्द्रीय समितिको आयोजनामा विभिन्न झाँकीसहित आज सांस्कृतिक साँझ हुँदैछ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता झलनाथ खनालबाट विशेष सम्बोधन हुने उक्त समारोह आज अपराह्न ३ बजेबाट सुरु हुनेछ । राष्ट्रिय नाचघर जमलमा हुने उक्त कार्यक्रममा पार्टीका शीर्ष नेतासहित विभिन्न व्यक्तित्वहरुको समेत उपस्थिति रहने जनाइएको छ ।

समारोहमा राष्ट्रिय रुपमा चर्चित कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार सात ओटै प्रदेशको प्रतिनिधित्वसहितको सांस्कृतिक प्रस्तुति दिइनेछ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका पाँचवटा घटक संगठनहरु जनसंगीत मञ्च, जनसाहित्यिक मञ्च, जनपक्षीय चलचित्रकर्मी मञ्च, सामाजिक सांस्कृतिक अध्ययन मञ्च र ललितकला मञ्चका आआफ्नै छुट्टाछुट्टै प्रस्तुती रहने समेत आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न हास्यव्यंग्य, जादु, एवं क्यारिकेचर लगायत प्रस्तुति रहने उक्त कार्यक्रममा सबैका लागि प्रवेश निःशुल्क गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend