भक्त बहादुर केसी
रमेश प्रसाद खरेलमा उच्च विचारको राजनीति उच्च विश्वास छ । आफूले जे विचार बोकेको हो त्यही विचारका आधारमा समाज रूपान्तरण गर्नुपर्छ भन्दै रमेश प्रसाद खरेल सरल एवं सादा जीवन शैली र उच्च राजनीतिक शक्ति नेपाल वाद र विचारको संकुचित घेराबाट माथि उठेर विचारको राजनीति सादा जीवन र उच्च विचारलाई व्यवहारमा राजनीति गर्नु पर्छ भन्नु हुन्छ । भबिस्यमा उहाँको विचारको प्रभाव नेपाली राजनीतिक जीवनमा मात्र नभई समग्र देशवासी नेपाली नागरिकहरुले अनुसरण गर्ने छन् ।राजनीतिक दलको भूमिका सबैभन्दा उच्च हुन्छ। उच्च शिक्षा अध्ययनसँगै उच्च मनोबल लिएर ३० बर्ष अनुशासनका साथ मातृभूमि को सेवा र सादा जीवन उच्च विचारको नेतृत्व शैलीको गुणात्मक परिचय धेरै नागरिक लाई जानकारी छ । नेपाली राजनीतिमा निष्ठाको खडेरी लागेका बेला निष्ठा र विचारका धरोहर नेताको रुपमा रमेश प्रसाद खरेल काठमाडौँ क्षेत्र नम्बर १ को प्रतक्ष्य उम्मेदवारी दिने घोसणा गर्नु भएको छ ।यथार्थमा अब युवा पुस्ता उच्च राजनीतिक नेतृत्वमा पुग्न सक्ला भन्ने आशाले विचार मिल्ने देशप्रेमी राष्ट्रबादी संग सहकार्य गर्दै गर्नु भएको देखिन्छ । राजनीति भन्नाले नागरिकको शान्ति तर नैतिक भएर शक्तिको दलाली गर्दा पनि त्यसलाई राजनीति नै भनिरहने हो भने देश कैले कोल्टो फेर्ने वाला छैन भन्नु हुन्छ । देश विकासका लागि गरिने राजनीति भने संस्थागत भएर अगाडि बढ्न सकेको छैन । त्यस कारण राजनीतिक दल, संगठन र संगठित कार्यकर्ता लिएर रमेश प्रसाद खरेल राजनीति भनेको जनताको सर्वोच्च शक्ति हो भन्दै युद्ध स्तरमा देश ब्यापी दौडाहमा लाग्नु भएको छ । हामीलाई भोट दिनुहोस आफ्नो मत बदल्नुहोस हामी देश नेपाल जस्तो बनाउछु आफ्नो देश आफ्नोपन नेपाल बाद लागु गर्ने छौ । प्रविधिको विकास, पर्यटन विकास, शिक्षा, कृषि, रोजगारीको लागि पुर्बाधार र स्वास्थ्य क्षेत्र विस्तार गर्ने गराउने कार्य योजना लिएकोले यस पालीको चुनाब चिन्न आमा लिएर ५ पार्टी मिलेर चुनाबी मैदानमा देश दौडाहमा देखिनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend