काठमाडौं, ४ असोज। तलेजु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं वार्षिक साधारणसभा सम्पन्न गर्दै महेन्द्र गोपाल धुँजुलाई अध्यक्ष र राजेन्द्र श्रेष्ठलाई सचिवमा पुनः निर्वाचित गरेको छ।
काठमाडौं महानगरपालिका वडा न २२ का अध्यक्ष चिनीकाजी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले नयाँ संचालक समिति निर्वाचित गरेको हो। समितिको सचिव राजेन्द्र श्रेष्ठ ,लेखा समिति संयोजक गौरी शंकर धुँजु श्रेष्ठ लगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन ,लेखा समितिको प्रतिवेदन ,नाफा-नोक्सान हिसाब ,नगद्प्रवाह विवरण छलफल र सुझाव सहित पारित गरेको छ।
शेयर पूंजी रु २करोड ४४लाख ५५ हजार रहेको यस संस्थाले आ.व २०७८/०७९ मा रु २६ करोड ८२ लाख ६४ हजार ऋण लगानी गरि रु ८२ लाख २९ हजार नाफा गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend