सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज संविधान दिवस, खुशि र ऐतिहासिक दिन

आज संविधान दिवस, खुशि र ऐतिहासिक दिन

डा डी आर उपाध्याय

आज संविधान दिवस, खुशि र ऐतिहासिक दिन । आज सबै नेपाली जनता खुशि हुने दिन हो । आजकै दिन नेपालमा नयाँ संविधान जारी भएको हो । संविधान मुलुकको मूल कानुन हो। संविधान भनेको जनताका नैसर्गिक अधिकारहरू निर्धारण गरिएको मूल दस्तावेज हो। यो संविधान सहज रूपमा प्राप्त भएको होइन। संविधान सभालाई असफल बनाएर पुरानै व्यवस्थामा फर्कन प्रयास गर्नेहरू पनि थिए। तर पनि नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भयो। विसं २०७२ असोज ३ गते नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय व्यवस्थामा प्रवेश गराउँदै संविधान सभाले संविधानको घोषणा गरेको थियो। त्यसैले आजको दिन महत्वपूर्ण दिन हो । संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै संविधान बनाउने जनताको आकांक्षा पुरा भएको हो । हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्याले ल्याएको संविधान हो यो । नेपालको संविधान २०७२ वास्तवमै सर्ब स्वीकार्य छ । प्रथम संविधानसभाले तोकिएको समयमा संविधान जारी गर्न नसके पछि दोश्रो संविधान सभाको चुनावले नेपालको संविधान २०७२ घोषणा गरेको हो । संबिधान जारी नहुँदा केही समय अन्योल पनि छाएको थियो । संबिधान बिरोधीहरु संबिधान सभा असफल बनाउन धेरै प्रयास गरेका थिए तर उनीहरुको प्रयास सफल हुन सकेन । जनताले उनीहरुको षडेन्त्रलाई चिरेर अघि बढेरै छाडे । संबिधान जारी भए पछि छिमेकी मुलुक भारत पनि त्यति खुशि थिएन । भित्र भित्रै असन्तुष्टिका स्वरहरु ब्यक्त गरेकै हो । मधेश केन्द्रित केही दलहरु यो संविधानलाई पूर्णरुपमा समर्थन जनाएका छैनन् । संविधानले सके सम्म सबैको भावना समेट्न सक्नु पर्छ । त्यसो भयो भने संबिधान दिगो र टिकाउ हुन सक्छ । संबिधानलाई सबैले पालना गर्नु पर्छ । नेपालको नयाँ संबिधानलाई उत्कृष्ट संबिधान पनि भन्ने गरिन्छ । आज देश भरी बिभिन्न कार्यक्रम गरि संबिधान दिवस मनाइदै छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend