सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा सम्पन्नः नयाँ संचालक समिती नियुक्त

हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा सम्पन्नः नयाँ संचालक समिती नियुक्त

समिर भण्डारी, काठमाडौं,२० भदौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तेह्रौँ र चौधौँ संयुक्त वार्षिक साधारणसभाले नयाँ संचालक समितिको नियुक्ति गरेको छ। कम्पनीका अध्यक्ष रन्जना दाहालको अध्यक्षतामा भएको साधारणसभाले सर्वसम्मतिले संचालकहरु नियुक्त गरेको हो।

सभाले कम्पनीको संस्थापक शेयरधनिहरुको तर्फबाट रन्जना दाहाल,राजन श्रेष्ठ र जितेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनिहरुको तर्फबाट विनोद बोलाखे र श्यामनाथ कायस्थलाई नियुक्त गरेको हो।

सभाले कम्पनीको हाल कायम भएको चुक्ता पूंजी रु १ अर्ब ६० करोडको ७५ प्रतिशत ( १:०.७५) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्‍यो । साथै संचालक समितिको आ.व.२०७६/०७७ र आ. व.२०७७/०७८ को वार्षिक प्रतिवेदन ,वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण छलफल सहित सभाबाट पारित भएको छ।

कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपछिको यो पहिलो साधारणसभा हो। यसअघि आ.व.२०७६/०७७ मा सम्पन्न गर्नुपर्ने साधारणसभा कोभिड १९ को विश्व व्यापी महामारीको कारण समयमै गर्न नसकेको कम्पनी सचिव किशोर कार्कीले सभामा बताए।

यस कम्पनीले ईलाम जिल्लामा माइखोला साना जलविद्युत आयोजना ४.५ मे.वा. र साना क्यास्केट जलविद्युत आयोजना ८ मे.वा. निर्माण सम्पन्न गरि विद्युत उत्पादन र बिक्रि वितरण गरिरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend