काठमाडौँ १८ भदौ । लोसपाका केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रवाल सहित ३ दर्जन व्यक्तिलाई राप्रपामा प्रवेश गराउँदै स्वागत गरेका छन्।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै अध्यक्ष लिङ्देन गृहजिल्ला केन्द्रीत हुन थालेका छन्।
लिङ्देनले दुई दिनअघि कलाकार लय संग्रौला, नेपालका लागि नेपाली अभियानकी सहमहामन्त्री आरजु थापा, नेकपा एमालेका संगठित सदस्य राजकुमार केसी लगायतको समूहलाई पार्टीमा प्रवेश गराएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend