काठमाडौं २४ साउन । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ। बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ।
जबकि त्यस विभागमा स्थायी दरबन्दीको संख्या ४ सय ८६ मात्र छ। अस्थायी दरबन्दी भने ७ सय ४४ रहेको उक्त शाखाले जनाएको छ। अस्थायी दरबन्दीभित्र करारमा कर्मचारी भर्ना गरिएको र आयोजना प्रमखले आफ्नो आवश्यकता हेरेर ज्यालादारी कर्मचारी भर्ना गर्ने गरेको कर्मचारी प्रशासन शाखाका अधिकारीहरूको भनाइ छ।
विभागका महानिर्देशक रामचन्द्र दंगालले करिब ६ सय कर्मचारी करार तथा ज्यालादारीमा कार्यरत रहेको स्वीकार गरे। ुउनीहरू पनि नेपाली नागरिक नै हुन् । एकजनाको भरमा सिंगो परिवार आश्रित हुन्छ,ुदंगालले भने, ुकरारमा कार्यरत कर्मचारीले कार्यालयमा काम गरेरै खाएका हुन्छन् । त्यसैले सकेसम्म कर्मचारी नहटाऔं भन्ने हाम्रो नीति हो।ु यो समाचारनागरिक दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend