काठमाडौँ ११ साउन । जनता समाजवादी पार्टी (जसपा) बाट राजीनामा दिएका नेता हेमराज राईसहितका नेताहरुले नेकपा एमाले प्रवेश गर्न तयारीका साथ संवाद अघि बढाएका छन्।
हेमराजसहित जसपाका अन्य केन्द्रीय सदस्य सहितका नेताहरुले एमाले प्रवेश गर्नेगरी आन्तरिक तयारी अघि बढाएका हुन्। हेमराज पूर्व एमाले नेतासमेत हुन्।
उनले तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसँगै एमाले परित्याग गरेका थिए। जसपामा उपेन्द्र यादव र डा। बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि धमाधम पार्टी छाड्नेको क्रम बढेको छ।
पूर्वमन्त्रीसमेत रहेका हेमराज भोजपुरलगायत पूर्वका जिल्लामा एमालेको संगठन विस्तारमा संघर्ष गरेको नेताका रुपमा चिनिन्छन्। प्रारम्भिक चरणमा कुरा पुगेपछि गत सोमबार अध्यक्ष उपेन्द्र यादवलाई लिखित रुपमा हेमराजले राजीनामा बुझाएका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend