सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल जोशी नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल जोशी नियुक्त

 

 

काठमाडौं १० साउन । राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंकारानी जोशी नियुक्त भएकी छन्। बैंक र दी हिडन ट्रेजरबीच मंगलबार ब्राण्ड एम्बासडर नियुक्ति सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा बैंकका सीइओ किरणकुमार श्रेष्ठ र हिड ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरे।

सीइओ श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ सेवाको बारेमा थप जानकारी दिई व्यवसायलाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने उद्देश्य राखेको बताए।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री र प्रमोद कंसाकार सहभागी थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend