आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रोहिणी र ओमसतिया गाउँपालिकाका अध्यक्ष सहित नेता, कार्यकर्ता एमाले प्रवेश

रोहिणी र ओमसतिया गाउँपालिकाका अध्यक्ष सहित नेता, कार्यकर्ता एमाले प्रवेश

 

 

 

बुटवल २ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको कार्यक्रममार्फत उनीहरू एमाले प्रवेश गरेका हुन्।

रोहिणीका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए।

त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीप कुमार पाण्डेय, ओमसतियाका माओवादी अध्यक्ष गोविन्द केवट पनि एमाले प्रवेश गरेका छन्।

ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

उनीहरुलाई एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लीला गिरी, दधिराम न्यौपाने लगायतका नेताले पार्टीमा प्रवेश गराएका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend