नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको आकस्मिक बैठक बोलाएका छन्।
सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि ओलीले संसदीय दलको आकस्मिक बैठक बोलाएका हुन्। सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
“सत्तारूढ गठबन्धनले एक्कासि प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि छलफलका लागि संसदीय दलको बैठक बोलाइएको हो,” भट्टराईले भने।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९५ सांसदले आइतबार बिहान संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। यससँगै एमाले संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनले जानकारी दिए
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend