आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

आफूलाई एमाले पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै नेतृत्व प्रति रिजालको गुनासो

आफूलाई एमाले पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै नेतृत्व प्रति रिजालको गुनासो

 

काठमाडौं २७ माघ । नेकपा एमालेका युवा नेता भनेर चिनिने राम प्रसाद रिजालले आफूलाई पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै नेतृत्व प्रति गुनासो पोखेका छन । उनले आफूलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिए जोतिन तयार भएको बताए ।

उनले पार्टीलाई बलियो र शक्तिशाली बनाउने योजना र रणनीति आफू संग भएको र त्यसको सहि ठाउँमा सदुपयोग गर्न नपाएको बताए । भएको जागीर र पेशा ब्यवसाय सबै छाडेर आफू राजनीतिमा आएको र महत्वपूर्ण जिम्मेवारीका साथ देश र जनताको सेवा गर्न आफू तयार भएको उनले बताए ।

राजनीति भनेको समाजसेवा भएकोले आफूले ब्यक्गित कुनै स्वार्थ नराखि देशको सेवा गर्न राजनीमिा प्रबेश गरेको उनले बताए । एमालेले महत्वपूर्ण जिम्मेवारी दिए स्थानीय तहको निर्वाचनमा आफूले एमालेलाई पहिलो नम्वर बनाउँन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend